काठमाण्डौंः पछिल्लो २४ घण्टामा काठमाण्डौं उपत्यकामा कोरोना भाईरसका कारण १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौं उपत्यकामा ३ महिलासहित ६ पुरुषको ज्यान गएको छ भने ललितपुरमा तीन वर्षिय बालकसहित ४ जनाको ज्यान गएको छ।
यस्तै उपत्यकामा सोमबार मात्रै १५ सय ३१ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं ११ सय ७८, भक्पुर १ सय ३ र ललितपुरमा २ सय ५० संक्रमित थपिएका हुन् । देशभर २ हजार ४ सय ४० जनालाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभर २४ घण्टामा १९ जनाको मृत्यु भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया