श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

क्रोएसिया पठाउने भन्दै रु तीन लाख ५० हजार लिई विदेश नपठाई सम्पर्कविहीन भएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  जेठ २९ गते ।  काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै रु ४० लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रुकुकुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै रु ३५ लाख तथा शैलेन्द्र शाक्यले क्रोएसिया पठाउने भन्दै रु तीन लाख ५० हजार लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।” उनीहरुलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
२०८३ श्रावण २२, शुक्रबार
राष्ट्रियसभा बैठक साउन २७ गते
२०८३ श्रावण २२, शुक्रबार
मध्यपुर थिमि नगरपालिकाको चार वर्षे प्रगति विवरण सार्वजनिक
२०८३ श्रावण २२, शुक्रबार
दोलखाको यलुङ-रि हिमालमा ५ शव देखिए
२०८३ श्रावण २२, शुक्रबार
एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने
२०८३ श्रावण २२, शुक्रबार
संविधान संशोधन गर्दा संविधानभित्रका संवेदनशीलता बुझ्नुपर्छ: सभापति थापा
२०८३ श्रावण २२, शुक्रबार
करदाता प्रोत्साहन उपहार: दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
२०८३ श्रावण २२, शुक्रबार