असार २९, २०८२ आइतबार July 13, 2025

काठमाण्डौं उपत्यकामा मात्रै १ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ६ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाण्डौं जिल्लामा १ हजार २९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो संगै नेपालमा बुधबार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार २०९ जनामा पीसीआर परिक्षण गर्दा ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप १ हजार १ सय २६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ६८ हजार ६६८ पुगेको छ । आज देशभर ४,१६४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार