श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

लागुऔषधसहित वडासदस्य जैरू पक्राउ

प्रोमेथाजिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल गरी जम्मा ३० एम्पुल बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर। यहाँको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८ निवासी तथा सोही वडाकी वडासदस्य रूपा जैरूलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको हो ।

प्रहरीले आज जारी गरेको विवरणअनुसार उहाँको शरीर खानतलासी गर्दा दाहिने कोखामुनि कालो प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखिएका अवस्थामा प्रोमेथाजिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल गरी जम्मा ३० एम्पुल बरामद गरेको जनाएको छ ।

जैरूमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
२०८३ श्रावण २२, शुक्रबार
राष्ट्रियसभा बैठक साउन २७ गते
२०८३ श्रावण २२, शुक्रबार
मध्यपुर थिमि नगरपालिकाको चार वर्षे प्रगति विवरण सार्वजनिक
२०८३ श्रावण २२, शुक्रबार
दोलखाको यलुङ-रि हिमालमा ५ शव देखिए
२०८३ श्रावण २२, शुक्रबार
एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने
२०८३ श्रावण २२, शुक्रबार
संविधान संशोधन गर्दा संविधानभित्रका संवेदनशीलता बुझ्नुपर्छ: सभापति थापा
२०८३ श्रावण २२, शुक्रबार
करदाता प्रोत्साहन उपहार: दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
२०८३ श्रावण २२, शुक्रबार