असार २६, २०८२ बिहिबार July 10, 2025

सरकारी प्रतिनिधी र डा केसीका प्रतिनिधि बीच शिक्षा मन्त्रालयमा बार्ता सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सरकारी बार्ता टोली र डा. गोविन्द केसीका प्रतिनिधि बीच शिक्षा मन्त्रालयमा बार्ता सुरु भएको छ ।  डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार बिहिबार बिहान १०ः४० बजेबाट शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।

२५ दिनदेखि आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ । बुधबार वार्ता टोली गठन गरेको सरकारले बिहीबारबाट डा. केसीसँग वार्ता थालेको हो ।

बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो।  समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन्।

सरकारले वार्ता टोली गठन गरे लगत्तै डा. केसीको तर्फबाट वार्ता गर्न चार सदस्यीय समिति गठन भएको छ। केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको हो।

डा. केसी वार्ता टोलीको सदस्यमा डा अंजनीकुमार झा, डा. लोचन कार्की र ओमप्रकाश अर्याल सदस्य रहेका छन्। बुधबार सरकारले गठन गरेको वार्ता टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच पहिलो पटक औपचारिक वार्ता शुरु भएको हो ।

गत भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो।  स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार