असार २९, २०८२ आइतबार July 13, 2025

मुख्यमन्त्रीका स्वकीय सचिवलाई काेराेना सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो ।

काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बस्नुभएको र कार्यालयमा उहाँको कसैसँग भेटघाट नभएको बुभिएको छ । सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र अहिले आफू होेम आइसोलेसनमा रहेको काफ्लेले बताइन् ।

सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०/१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताइन् । काफ्लेलाई सङ्क्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ ।

“मुख्यमन्त्री ज्यू विगतदेखिनै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आउनुभएको छ त्यो निरन्तर रहन्छ”, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भने । भेटघाटलाई भने न्यून पारिएको उनकाे भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार