काठमाडाैं: बिहीबार देशभर थप ४ हजार ३ सय ६४ काेराेना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३ सय ६४ जनामा संक्रमण पुष्टी भएकाे हाे ।
यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ७५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् भने डिस्चार्ज हुनेकाे संख्या ७१ हजार ३ सय ४३ पुगेकाे छ।
देशभरका संस्थागत आइसोलेसन ११ हजार ७ सय १७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्वारेन्टिनमा रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया