असार २९, २०८२ आइतबार July 13, 2025

नोबेल अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई पुरुषको मृत्यु भएको छ । मोरङको रंगेली एक वृद्ध र धरानका एक जना युवकको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार बिहान ७ बजे मृत्यु भएको हो ।

श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या रहेका पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो। त्यही दिन राति कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई १८ गते बिहान आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो।

पछिल्लो समय श्वासप्रश्वास र फोक्सोमा समस्या देखिए पनि पुरुषमा कुनै दीर्घ रोग रहेको जानकारी भने नभएको दाहालले बताएका छन् ।

यस्तै मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको उपचारका क्रममा आइसोलेसनमै बिहीबार राति ९ः३० बजेतिर मृत्यु भएको जानकारी उनले दिए। वृद्धलाई उपचारका लागि बुधबार बिहान अस्पताल ल्याइएको थियो।

दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई तत्काल आईसीयूमा भर्ना गरेर उपचार थाल्दै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार