बैसाख २६, २०८३ शनिबार May 9, 2026

वल्डलिंकले फेसबुकसँगको सहकार्यमा फ्री वाइफाई दिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फेसबुकसँगको सहकार्यमा वल्र्डलिंकले नेपालमा एक्सप्रेस वाइफाई सेवा सुरु गरेको छ । वल्र्डलिंक र फेसबुकले नेपालका ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाईफाई दिन थालेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत वल्डलिंकले फेसबुकसँगको सहकार्यको विषयमा आधिकारिक रूपमा जानकारी गराएको हो । फेसबुकले उपलब्ध गराउँदै आएको एक्स्प्रेस वाईफाई नेपालका सार्वजनिक स्थानमा उपलब्ध गराइने वल्र्ड लिंकले जनाएको छ ।

फेसबुकले एक्स्प्रेस वाईफाईका लागि विभिन्न देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्दै आएको छ । त्यसमा हाललाई एसियाका भारत र नेपालमा मात्र यस्तो सेवा यो सेवा उपलब्ध हुने बताइएको छ । दुई कम्पनीबीचको सहकार्यबाट नेपालमा सस्तो, भर पर्दाे र उच्च गतिको पब्लिक वाइफाई प्रदान हुने दाबी गरिएको छ । यसका लागि फेसबुकले वल्र्डलिंकलाई आवश्यक पूर्वाधार तथा सामग्रीसमेत उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले नेपालमा फ्री वाइफाई दिन थालेको दुई÷तीन वर्ष भइसकेको भन्दै कम्पनीका सीईओे यो सहकार्यबाट त्यसमा थप सहयोग पुग्ने बताए ।

वल्र्डलिंकको वाइफाई प्रोजेक्टका म्यानेजर पुनित मानन्धरले हाल देशभर १० हजार साइटमा पब्लिक वाइफाई उपलब्ध गराइएको जानकारी दिए । जसलाई पनि जहाँ पनि जुनसुकै समयमा पनि कनेक्ट गराउने भिजनका साथ यो परियोजना सुरु गरिएको उनले बताए ।

१० हजार साइटमा ७ हजार ५ सय साइटमा फेसबुकको एक्सप्रेस वाइफाईबाट सेवा दिइरहेको जानकारी दिँदै मानन्धरले एकपटक कम्पनीको नेटवर्कमा कनेक्ट भइसकेपछि अबको समयमा कम्पनीको वाइफाई भएका सबै ठाउँमा स्वचालित रूपमा कनेक्ट हुने बताए ।

प्रयोगकर्ताले कम्पनीको पब्लिक वाइफाईमा कनेक्ट हुन् आफ्नो मोबाइल नम्बर राखिसकेपछि कोड प्राप्त हुने र त्यसबाट सजिलै रजिस्टर गर्न सकिनेछ । देशका ३० हजार ठाउँमा यो फ्री वाइफाई विस्तार गर्ने योजना वल्र्डलिंकले बनाएको छ ।

कम्पनीले इन्टरनेट नपुगेका स्थानलाई प्राथमिकतामा राख्दै फ्री वाइफाई विस्तार गर्ने जनाएको छ । लोकल नम्बर नरहेका व्यक्तिले समेत ह्वाट्सएप नम्बर राखेरै फ्री वाइफाईमा कनेक्ट हुन पाउने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार