बैसाख २६, २०८३ शनिबार May 9, 2026

दशैंमा हुन्डाईको नयाँ कार ग्राण्ड आई-१० नियाेस किन्नेलाई भारी छुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले केही दिनअघि नेपाली बजारमा सार्वजनिक गरेको ग्राण्ड आई १० नियोसमा नगद छुट, बीमा, एक आर्थिक वर्षको वार्षिक कर, स्क्र्याच कार्ड मार्फत नगद जित्ने मौका र बम्पर उपहारमा नियासे र अउरा जित्ने मौका प्रदान गर्ने भएको छ ।

कम्पनीले ल्याएको स्कीम अनुसार नयाँ ग्राण्ड आई १० नियोसमा ग्राहकले १ लाख २० हजार नगद छुट प्राप्त गर्ने छन् भने स्क्र्याच कार्ड मार्फत २० हजारदेखि १ लाखसम्म नगद जित्न सक्ने छन् । स्क्र्याच कार्ड मार्फत ग्राहकले कम्तीमा २० हजार पक्का पाउने छन् । यी दुई जोड्दा नगद १ लाख ४० हजार रुपैयाँ छुट हुने छ ।

यसको अलावा स्वास्थ्य क्षेत्रमा काम गर्ने ग्राहकले थप २५ हजार रुपैयाँ बराबरको सर्भिस भौचर पाउने छन् । उक्त रकमले २ वर्षसम्म हुन्डाईको सर्भिस खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राण्ड आई १० नियोस नेपालमा ३ अप्सनमा उपलब्ध रहेको छ । मग्ना, मग्ना अटोमेटिक र स्पोर्टज् भेरियन्टमा उपलब्ध नियोसको मूल्य मग्नाको ३० लाख ९६ हजार र मग्ना अटोमेटिक र स्पोर्टज्को ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यस्तो छ नियोस

ग्राण्ड आई १० नियोसको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिएको छ । यसमा रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जस्ता विशेषता दिइएको छ । स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ ।

यसमा मेसिन कट अलोय ह्वील दिइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइट सेटअप दिइएको छ । ग्रान्ड आई १० को नयाँ संस्करणमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएच पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । यसको ड्याशबोर्ड दिइएको इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, आकर्षक स्टेयरिंग ह्वीलले गाडीलाई प्रिमियम लुक्स दिएको छ ।

इन्फोटेनमेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुने छ भने, सुरक्षालाई मध्यनजर गर्दै एबीएस, इबीडी, डबल एयरब्याग, रियर पार्किङ सेन्सर र रिभर्स क्यामराजस्ता फिचर दिइएको छ ।

हुन्डाईको कनेक्टेड कार टेक्नोलोजीको विशेषता यसमा पनि दिइएको छ । कारमा हुन्डाई भेन्यूमा प्रदान गरिएको जस्तै ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
२०८३ बैसाख २६, शनिबार
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
२०८३ बैसाख २६, शनिबार
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
२०८३ बैसाख २६, शनिबार
ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो
२०८३ बैसाख २६, शनिबार
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार