काठमाण्डाैंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको बैठक कात्तिक ७ गते बस्ने भएको छ । नवनियुक्त प्रमुख सचेतक सीताकुमारी नेपालीले कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएको जानकारि दिइन्।
‘कात्तिक ७ गते बिहान ११ बजेका लागि बैठक बोलाएकी छ्, पहिलेका प्रमुख सचेतकले मंगलबारका लागि बैठक बोलाएका थिए । अब म प्रमुख सचेतक भएपछि कात्तिक ७ गते नै आधिकारीक हुन्छ, उनले खासखबरसंग भनिन् ।’
नेपालीले दलको बैठकको मिति तय गरेसँगै नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ। यसअघि बर्खास्त गरिएका गुलाबजंग शाहले मंगलबार दिउँसो १ बजे दलको बैठक बोलाएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया