काठमाडौँ, १४ साउनः ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
आजको बैठकले पूर्वउपप्रधानमन्त्री एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पनि पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया