श्रावण २४, २०८३ आइतबार August 9, 2026

गुणस्तरीय सेवा नदिने मोबाइल र इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गुणस्तरीय सेवा नदिने दूरसञ्चार सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई बिगो तथा क्षतिपूर्ति दिनुपर्ने भएको छ । नयाँ दूरसञ्चार ऐनका लागि तयार पारिएको मस्यौदामा यस्तो व्यवस्था राखिएको हो ।

गत साता मात्र नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत विधेयक मस्यौदा केही दिनअघि मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेको छ । विधेयक मस्यौदाको दफा ३९ मा दूरसञ्चार सेवा सञ्चालन गर्दा सेवाप्रदायकले प्राधिकरणले निर्धारण गरेअनुसारको गुणस्तर कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तोकिएको गुणस्तर कायम नगरेको कारणबाट ग्राहकलाई हानी नोक्सानी भएमा प्राधिकरणले त्यस्तो हानी नोक्सानीको बिगो वा सो बापतको क्षतिपूर्ति सेवा प्रदायकबाट भराइदिन सक्नेछ ।

विधेयक मस्यौदा कानून र अर्थ मन्त्रालयसँगको राय तथा परामर्श लिएर मन्त्रिपरिषदमा लैजाने तयारी रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जानकारी दिए ।

मन्त्रिपरिषदबाट विधेयकको रुपमा स्वीकृत भइसकेपछि संसदको आगामी अधिवेशनबाट ऐनको रुपमा पारित गराउने योजनाका साथ हाल सरकारले प्राथमिकताका साथ दूरसञ्चार ऐनको मस्यौदालाई अगाडि बढाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ओली–प्रचण्ड सहमतिअनुसार प्रदेशमा अझै बनेनन् सरकार : कतै कांग्रेस बाधक, कतै पुगेन गणित
२०८३ श्रावण २४, आइतबार
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार