काठमाण्डाैंः मन्त्रीपरिषदको बैठकले बागमती प्रदेशको दुग्ध विकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार हेटौडामा बसेको मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसैगरी मंगलबार नै बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिएका छन् ।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत र भैंसे-भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया