काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन् । पुनगर्ठित मन्त्रिपरिषद्मा तीन नयाँ मन्त्री थपिएका छन् भने दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई जिम्मेवारविहिन बनाइएको छ । पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राखेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।
यसैगरी रिक्त रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका पार्वत गुरुङ (दोलखा) लाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा विष्णु पौडेल (रुपन्देही), सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ (काठमाण्डौं) र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठ (सिराह)लाई नियुक्त गर्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया