काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभर १३ हजार ९४७ जनमा पीसीआर परिक्षण गर्दा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको जानकारि दिए ।
यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १७ हजार ९६ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।
यस्तै थप २ हजार १ सय ७४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८० हजार ९५४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ९९६ भक्तपुरमा १०२ र ललितपुरमा ३०५ सहित १ हजार ४०३ संक्रमित थपिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया