काठमाडौंः नेपालमा पछिल्लो चौबिस घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार भेटघाटका क्रममा दिइएको जानकारी अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५१८जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ६९४ जनाको मृत्यु पुष्टि भएको छ ।
हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन् । विगत २४ घण्टामा ३ हजार ५६४ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।
विगत २४ घण्टामा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया