असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा एकैदिन ३ हजार १६७ जना कोरोनाका बिरामी थपिए- १८सय संक्रमण मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म १ लाख २९ हजार ३०४ संक्रमितको संख्या पुगेको जनाए । योसँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ७३७ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा १८०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८९ हजार ८४० रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया