असार २६, २०८२ बिहिबार July 10, 2025

थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि- २३ सय २६ जना संक्रमितहरु डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभर १४ हजार ८७५ जनमा पीसीआर परिक्षण गर्दा २ हजार ९४२ जनामा संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप २ हजार ३ सय २६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९२ हजार १६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १४६९ भक्तपुरमा ९९ र ललितपुरमा १३० सहित १ हजार ६९८ संक्रमित थपिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया