असार २६, २०८२ बिहिबार July 10, 2025

काठमाण्डौं उपत्यकामा २३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाण्डौंमा २ हजार ८ , ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जना रहेका छन् ।

आइतबार काठमाण्डौं उपत्यकामा १६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डौंमा १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जना रहेका थिए ।

यो सहित काठमाण्डौं उपत्यकामा संक्रमितको संख्या ५६ हजार ५ सय ३९ पुगेको प्रवक्ता डा. गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय ५७ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया