काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ३५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ९४ हजार ५ सय १ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २६ हजार ७ सय २७ रहेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण गरिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय ५७ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया