काठमाण्डौंः कोरोना भाइरस संक्रमणका कारण देशमा भेन्टीलेटर समेत पाउन अप्ठ्यारो भइरहेको अवस्थामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री तथास्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यले दसैं भत्ता बुझेका छन् ।
भत्ताबापत राज्य कोषबाट उनीहरुका लागि ३५ लाख २९ हजार अतिरिक्त भुक्तानी गरिएको छ । मुख्यमन्त्रीलाई ७१ हजार, मन्त्रीहरुलाई ६३ हजार र प्रदेशसभा सदस्यहरुले ५६ हजार ५ सय दसैं भत्ता भुक्तानी गरिएको बताएका छन् ।
प्रदेशसभा सचिवालयले प्रदेश सांसद लगायत पदाधिकारीहरुलाई दसैंभत्ता बापत २६ लाख १८ हजार ५ सय भुक्तानी गरिएको सचिवालयका लेखा अधिकृत हरी जोशीले जानकारी दिए ।
भुक्तान रकम नियमअनुसार सम्बन्धित पदाधिकारीको खातामा पठाएका उनले बताए । सुदूरपश्चिममा मुख्यमन्त्रीसहित सातजना मन्त्री र राजनीतिक नियुक्ति पाएका उनीहरुका १४ जना स्वकीय सचिवहरु छन् । उनीहरुले पनि दशैं भत्ता बुझेका छन् ।
देश अप्ठेरोमा परिस्थितीमा भएका बेला रोजगारी तथा मजदुरी गुमाएका जनतालाई छाक टार्न समेत कठिन भइरहेका बेला जोड्न राजनीतिक पदाधिकारीहरुले कर्मचारी सरह भत्ता लिनु अस्वभाविक भएको बुद्धिजिवी तथा नागरिक समाजका अगुवाहरुले बताएका छन् ।
दसैं भत्ता लिएपछि आलोचना हुन थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको कोरोना संकटका बेला आफूले दसैं भत्ता फिर्ता गर्ने बताएका छन् ।
यसअघि नोली काँग्रेसले आफ्ना संघिय सांसदहरुलाइ भत्ता नलिन निर्देशन दिएको छ भने सत्तारुढ नेकपाले पनि भत्ता बाफतको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तयारी गरिएको छ तर आधिकारीक निर्णय भने आउन बाँकि छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया