भाद्र २२, २०८३ सोमबार September 7, 2026

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला। कालीकोटको गगनेखोलामा आज साँझा गएको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिए।

आवागमन नियमित सञ्चालन गराउनका लागि सडक डिभिजन कार्यालयबाट उपकरण तथा प्राविधिक टोलीसहित पहिरो खसेको ठाउँमा पुगिसकेका उनले बताए। अवरुद्ध सडकलाई खुलाउनका लागि निरन्तर प्रयास भइरहेको प्रमुख महताराले उल्लेख गरे।

पहिरोका कारण गगनेखोलामा करिब सात मिटरसम्म सडक भासिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया