असार २७, २०८२ शुक्रबार July 11, 2025

एकैदिन ५ हजार ७ सय ४३ जना कोरोनाका नयाँ विमारी थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८ सय ७२ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९ सय ९६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ९९ हजार ६ सय ५ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २९ हजार ८ सय रहेको छ । पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय ९१ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया