बैसाख २६, २०८३ शनिबार May 9, 2026

पाकिस्तानले ११ दिनपछि टिकटक माथिको प्रतिबन्ध हटायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानले टिकटक एप माथि लगाएको प्रतिबन्ध हटाएको छ । पाकिस्तान दूरसञ्चार प्राधिकरणले ११ दिनपछि टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।

पाकिस्तानको नियामकले टिकटक व्यवस्थापनसँगको समन्वय पश्चात एपमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ । अश्लीलता अनैतिकता र अभद्रता फैलाएको भन्दै पाकिस्तानले भिडियो शेयरिङ प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको थियो ।

‘यो प्रतिबन्धको फुकुवाले प्लेटफर्मलाई अश्लीलता, अभद्रता र सामाजिक मूल्य मान्यतालाई दुषित पार्न दिने भन्ने होइन,’ प्राधिकरणले भनेको छ, ‘यो विषय कडाइपूर्वक लागु हुनेछ ।’ 

डिजिटल कन्टेन्टमाथिको हस्तक्षेप पाकिस्तानमा यो नै पहिलो भने होइन । यसै वर्ष पाकिस्तानले इन्टरनेट सेन्सरका लागि नयाँ नियम ल्याएको थियो । तर फेसबुक, गुगल र टिकटकले देश छोड्ने धम्की दिएपछि उक्त नियम लागु गर्नबाट पाकिस्तान पछि हटेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
२०८३ बैसाख २६, शनिबार
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
२०८३ बैसाख २६, शनिबार
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
२०८३ बैसाख २६, शनिबार
ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो
२०८३ बैसाख २६, शनिबार
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार