काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। शुक्रबार अपराह्न ४ः२५ बजे शुरु हुने र नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देशवासीका नाममा सम्बोधन गर्न लागेको जानकारी दिए पनि सम्बोधन के विषयमा हुन लागेको हो भन्ने खुलाइएको छैन ।
सरकारले कोरोना परीक्षण र संक्रमितको उपचार शुल्क लिएर मात्र गर्ने निर्णय गरेपछि जनस्तरमा सरकारको आलोचना चुलिएको छ ।
साथै भारतीय गुप्तचर रअका प्रमुख सामन्तकुमार गोयलसंग बुधबार एकाएक भेटेपछि झन चाँसो र आलोचना बढेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया