असोज १५, २०८३ बिहिबार October 1, 2026

इन्धनको मूल्य बढेर आयो

मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपियाँ घाटा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमले आम उपभोक्ताको हित र चाडपर्वलाई मध्यनजर गर्दै हालको खुद्रा बिक्री मूल्यमा वृद्धि नगर्ने निर्णय गरेको छ। भारतबाट इन्धनको मूल्य बढेर आए पनि मूल्य यथावत राखिएको निगमनले जानकारी दिएको छ ।

निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपियाँ ४४ पैसा, डिजेलमा २० रुपियाँ २१ पैसा, मट्टितेलमा १५ रुपियाँ ९६ पैसा र हवाई इन्धनमा प्रतिलिटर १८ रुपियाँ ६६ पैसा मूल्य बढेर आएको छ। एलपी ग्यासमा प्रति सिलिण्डर ८१ रुपियाँ ३२ पैसाले मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य यथावत राख्दा निगमलाई आर्थिक भार थपिएको छ। निगमले दिएको जानकारीअनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपियाँ घाटा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया