असोज २०, २०८३ मंगलबार October 6, 2026

गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको आज मंगलबारको राशिफल

तुलालाई आफ्नो जिम्मेवारीप्रति सजग भई कार्य गरेमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : पारिवारिक वातावरणमा अलि भावनात्मक उतारचढाव ल्याउन सक्छ । मातृपक्ष, सवारी वा अचल सम्पत्तिसँग सम्बन्धित विषयमा विचारपूर्वक निर्णय लिनुहोला । आत्मिक स्थायीत्व आवश्यक देखिन्छ ।

वृष : साहस, संचार र भाइबहिनीसँग सम्बन्धित गतिविधिमा सफलता दिनेछ । व्यक्तिगत प्रयास, लेखन वा बोलचालमार्फत सम्मान र सन्तोष पाउन सकिनेछ । छोटो यात्रा लाभदायक बन्न सक्छ ।

मिथुन : गोचरले आर्थिक पक्ष, वाणी र पारिवारिक सम्बन्धलाई केन्द्रमा ल्याउनेछ । मितव्ययिता आवश्यक छ, तर आय वृद्धि हुने सम्भावना पनि उत्तिकै छ । बोलीमा मधुरता राख्नु आजको सफलताको लागि कुञ्जी हुनेछ ।

कर्कट : आत्मनिरीक्षण र रहस्यपूर्ण विषयतर्फ झुकाव बढ्नेछ । भावना र विचारबीच द्वन्द्व उत्पन्न हुनसक्छ । मानसिक स्थायित्व आवश्यक छ । पारिवारिक मामिलामा संवेदनशील दृष्टिकोण अपनाउनु श्रेयस्कर हुनेछ । महत्त्वपूर्ण निर्णय केही दिन स्थगित गर्नु उपयुक्त हुनेछ ।

सिंह : मानसिक तनाव, खर्च वृद्धि वा निद्रामा अस्थिरता देखिन सक्छ । टाढाको यात्राको योजना बनाउनु परे गम्भीरतापूर्वक सोच विचार गर्नुहोला । एकान्त मनोवृत्तिमा केन्द्रित रहनु, अध्यात्मिक साधनामा समय लगाउनु लाभदायक हुनेछ ।

कन्या : आर्थिक र सामाजिक क्षेत्रमा लाभदायक परिस्थिति ल्याउनेछ । साथीहरू र समूहगत प्रयत्नबाट लाभ प्राप्त हुनेछ । योजनाबद्ध कार्यहरू सफलतापूर्वक अगाडि बढ्नेछन् । आकस्मिक लाभ वा पदोन्नतिको सम्भावना पनि देखिन्छ ।

तुला : पेसागत क्षेत्र र सामाजिक प्रतिष्ठामा उन्नतिको सम्भावना छ । उच्चाधिकारीसँग सहकार्य बढ्नेछ । आफ्नो जिम्मेवारीप्रति सजग भई कार्य गरेमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्न सकिनेछ । महत्त्वाकांक्षा पूर्तिका लागि आजको दिन अनुकूल रहन्छ ।

वृश्चिक : भाग्यको प्रबल साथ मिल्नेछ । धर्म, दर्शन, अध्ययन वा यात्रा सम्बन्धी क्रियाकलाप लाभदायक रहन सक्छन् । पिता वा गुरुजस्तो व्यक्तिसँगको संवाद लाभदायक हुनेछ । जीवनप्रति दृष्टिकोण सकारात्मक हुने दिन हो ।

धनु : मनमा अनावश्यक भय, संशय र अपूर्णताबोध ल्याउन सक्छ । गोप्य रहनुपर्ने विषय वा अन्तरदृष्टिका लागि भने आजको दिन उपयुक्त छ । स्वास्थ्य र मनोदशामा विशेष ध्यान पुर्‍याउनुहोला ।

मकर : वैवाहिक सम्बन्धमा भावना प्रधान हुने सम्भावना छ । सहकार्य र साझेदारी सम्बन्धमा संवेदनशीलता आवश्यक छ । व्यावसायिक साझेदारीमा स्पष्टता र आपसी विश्वास कायम राख्नु आजको प्रमुख आवश्यकता हुनेछ ।

कुम्भ : रोग, शत्रु र ऋण निवारणमा लाभकारी समय छ । संघर्षको समय भए तापनि अन्त्यमा सफलता प्राप्त हुनेछ । स्वास्थ्यको दृष्टिले केही सचेत रहनु आवश्यक छ । कार्यक्षेत्रमा प्रतिस्पर्धीको सामना गरिरहनु पर्नेछ, तर विजयी तपाईं नै बन्नुहुने छ ।

मीन : सन्तानसुख, प्रेम सम्बन्ध, शिक्षा तथा सृजनात्मकतामा ध्यान केन्द्रित हुनेछ । भावना र बुद्धिबीच सन्तुलन आवश्यक छ । भावुक निर्णयभन्दा यथार्थपरक सोचलाई अगाडि बढाउनु उपयुक्त हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया