काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।
आइतबार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) का कोअर्डिनेटर डा. गुणराज लोहनीले विज्ञप्ति जारी गर्दै कतिपय अस्पतालले कोभिड–१९ का विरामीलाई भर्ना गर्दा रकम मागेको, रकम जम्मा गर्न नसक्दा उपचारबाट बञ्चित गरेको गुनासो आएको बताएका छन् ।
यसअघि सरकारले विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेपछि चौतर्फी आलोचना भएको थियो ।
आलोचना पछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरेको थियो ।
गरिब, विपन्न, अशक्त, असहाय, जेष्ठ नागरिकको उपचार सरकारले निःशुल्क गर्ने र यसका लागि बिरामीका तर्फबाट स्वयं घोषणा गरे मान्य हुने भन्दै लोहनीले यस विपरीत काम गरे अस्पतालहरु स्वंयम जिम्मेवार हुने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया