असोज २९, २०८३ बिहिबार October 15, 2026

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने बारेमा विचार विमर्श

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच आज भेटवार्ता भएको हो ।

भेटवार्तामा उनीहरूबीच दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने बारेमा विचार विमर्श भएको गृह मन्त्रालयले जनाएको छ ।

भेटमा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीले भारतीय बजारमा पहुँचका सम्बन्धमा भोग्दै आएका प्राविधिक समस्या ( बिशेसगरि बीआईएस प्रमाणीकरणलगायत) समस्या समाधानमा चासो राखेका थिए । नेपालको चासोप्रति भारतीय समकक्षीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री गुरुङ बिम्स्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार नयाँ दिल्ली प्रस्थान गरेका थिए । गृहमन्त्री गुरूङ यही असोज २८ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री पत्नी काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया
२०८३ असोज २९, बिहिबार
नेपाली कांग्रेस १५औँ महाधिवेशन : खुला केन्द्रीय सदस्यको मतगणना अपडेट
२०८३ असोज २९, बिहिबार
म्यानचेस्टर सिटीका आर्थिक नियम उल्लंघनको सुनुवाइ जनवरीमा
२०८३ असोज २९, बिहिबार
शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला
२०८३ असोज २९, बिहिबार
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
२०८३ असोज २९, बिहिबार
विश्व हात धुने दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
२०८३ असोज २९, बिहिबार
च्याम्पियन्स लिग : रियलले रोमालाई हरायो, पीएसजीले सिटीलाई पछार्‍यो; लिभरपुल र भिल्ला पनि विजयी
२०८३ असोज २९, बिहिबार