काठमाण्डौंः नेपालमा बुधवार थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधवारसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २१ हजार ८२४ जना पुगेको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ८८७ जनाको मृत्यु पुष्टि भएको छ ।
हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३९ हजार ६४३ जना रहेका छन् । त्यस्तै हालसम्म १४ लाख ९ हजार २९५ ओटा पीसीआर परीक्षण भइसकेको छ ।
विगत २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएकामध्य ८४३ जना काठमाडौं उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६९६ जना, ललितपुर जिल्लाका ११८ जना र भक्तपुर जिल्लाका २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको अद्यावधिक तथ्यांकबारे प्रेस ब्रिफिङ गराउने कार्य दैनिक रुपमा नभई साताको दुई दिनमात्र गरिने बताए ।प्रवक्ता गौतमले अब आइतवार र बुधवार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए
पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसंगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८ सय ८७ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया