कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडको प्रेस युनियनद्वारा भत्सना

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यममा प्रहरी हस्तक्षेप बन्द गर्न सरकारसँग माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, कात्तिक १३ नेपाल प्रेस युनियनले समाचार प्रकाशन तथा प्रसारणकै विषयलाई लिएर पत्रकार पक्राउ गरिएको र सञ्चारगृहमा प्रहरी प्रवेश गरी धरपकडको प्रयास गरिएको घटनाको भत्सना गरेको छ।

युनियनले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यममा प्रहरी हस्तक्षेप बन्द गर्न सरकारसँग माग गरेको छ।

युनियनका महासचिव दिलीप पौडेलद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज बराल र डिएनए खबरका सम्पादक धिरज बस्नेतलगायत पत्रकार पक्राउ परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। त्यस्तै, नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा, पत्रकार नवराज मैनाली तथा दियोपोस्टका सम्पादक सुदीप विश्वकर्मा र न्युज कोअर्डिनेटर मदन ढुंगानालाई पक्राउ गर्ने उद्देश्यले सादा पोशाकका प्रहरी सञ्चारगृह पुगेको घटनाप्रति पनि युनियनले आपत्ति जनाएको छ।

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहमा प्रहरी परिचालन गरी त्रास सिर्जना गर्ने कार्य संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको युनियनको ठहर छ।

कुनै समाचारप्रति असहमति वा गुनासो भए कानुनी विधि र प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा प्रहरी परिचालन गरी धरपकड गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनविपरीत रहेको विज्ञप्तिमा उल्लेख छ। यस्ता गतिविधिले पत्रकारिता क्षेत्रलाई भयभीत बनाउनुका साथै नागरिकको सूचनाको हकसमेत कुण्ठित गर्ने भन्दै युनियनले प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र नागरिकको सूचनाको हकको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने जनाएको छ।

युनियनले आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि नदोहो¥याउन सरकारलाई चेतावनीसमेत दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार
दुग्ध विकास संस्थानमा १२ करोड १३ लाखको अनियमितता, आठ जना पक्राउ
२०८३ कार्तिक १३, शुक्रबार
कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
२०८३ कार्तिक १३, शुक्रबार
‘विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कुनै समस्या छैन’
२०८३ कार्तिक १३, शुक्रबार
हर्मुजमा बारुदी सुरुङ विस्फोट, चार ट्याङ्करमा आगलागी
२०८३ कार्तिक १३, शुक्रबार