असार २७, २०८२ शुक्रबार July 11, 2025

शुक्रवार एकैदिन ४ हजार ९६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा शुक्रवार थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २८ हजार ९५८ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट ९२० जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा ४ हजार ९६ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ६६६ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३८ हजार ३५७ जना रहेका छन् । त्यस्तै हालसम्म १४ लाख ३४ हजार ५३ ओटा पीसीआर परीक्षण भइसकेको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लामा १ हजार ५०८ जना, ललितपुर जिल्लामा २४९ जना र भक्तपुर जिल्लामा १३१ जना संक्रमित थपिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया