असार २७, २०८२ शुक्रबार July 11, 2025

आईतबार थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि – एकैदिन २३ जनाको कोरोना संक्रमणबाट मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा आइतवार थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट ९६० जनाको मृत्यु पुष्टि भएको छ ।विगत २४ घण्टामा ३ हजार ६२० जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।  तथ्यांक अनुसार ७८ जना भेन्टिलेटरमा र २८३ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ३८६ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३७ हजार ७६५ जना रहेका छन् । हालसम्म १४ लाख ५६ हजार ३६६ ओटा पीसीआर परीक्षण भइसकेको छ ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार ३६२ जना, भक्तपुर जिल्लामा ९६ जना र ललतिपुर जिल्लामा १६४ जना संक्रमित भेटिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ असार २७, शुक्रबार
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार