कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

राष्ट्रिय विभूति शङ्खधरको मेचीनगरमा बनेको यो पहिलो शालिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा, २४ कात्तिकः मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ ।

भक्तपुरको प्राचीन कला शैलीमा बनेको उक्त शालिक निर्माणमा रु २० लाख खर्च भएको शालिक निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले जानकारी दिनुभयो । राष्ट्रिय विभूति शङ्खधरको मेचीनगरमा बनेको यो पहिलो शालिक हो । मेचीनगर नगरपालिकाले शालिक निर्माणका लागि रु पाँच लाख बजेट उपलब्ध गराएको र अरु रकम जनसहयोगबाट जुटाइएको उहाँले बताउनुभयो ।

शालिक राखिएको स्थललाई समेत भक्तपुरे प्राचीन कला शैलीमा सजाइएको छ भने शालिकका लागि एउटै ढुङ्गामा मूर्ति कुँदिएको निर्माण समितिका सचिव मिलनराज प्रसाईले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया