काठमाण्डौंः नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मान्त्रालयको अद्यावधिक तथ्यांक अनुसार पछिल्ले २४ घण्टामा थप २० जना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या १ हजार ४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।
यस्तै थप ३ हजार १४२ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया