कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

नवलपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते

घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गमा पल्टिएको हो।

दुर्घटनामा बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया