काठमाण्डौंः नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुदिन खान नियुक्त भएका छन् ।
काँग्रेस संसदीय दलको विधानबमोजिम संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले रुपन्देहीका प्रदेशसभा सदस्य खानलाई प्रमुख सचेतकमा नियुक्त गरेकोे सचेतक निर्मला क्षेत्रीले जानकारी दिए ।
यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक रहनुभएको थियो । हमालले समय दिन नसकेका कारण खानलाई नियुक्त गरिएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया