असार २२, २०८२ आइतबार July 6, 2025

संसद् चल्दा सरकारलाई घाटा हुँदैन : लक्ष्मणलाल कर्ण (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जसपाले हिउँदे अधिवेशन सञ्चालनबारे के सोच्दै छ ? अधिवेशन बोलाउन दबाब दिन अरू दलहरूसँग पनि छलफल भइरहेको छ कि ?

जनताको आवाज उठ्ने मूल थलो संसद् हो । संसद्को गत अधिवेशन कुवेलामा बन्द भयो । अब अहिले यसलाई ‘म्यानेज’ गरेर चलाउनुपर्छ । चलाउने सम्बन्धमा यसको अभिभारा सरकारको हो । तर, संविधानअनुसार एकचौथाइ सदस्यले चाहे भने माग गर्न सक्छन् । तर, त्यसो हुँदा जुन विषयका लागि माग गरिएको छ, त्यसमै मात्रै सीमित भएर चल्छ । त्यसकारण यो संसद् पूर्ण रूपमा सरकारले नै चलाउनु राम्रो हो । सरकारले हिउँदे अधिवेशन चलाउन ढिलो ग¥यो भने के गर्ने भन्ने विषयमा अहिले हाम्रो पार्टीमा छलफल भएको छैन । अधिवेशनबारे छलफल चलेको छैन । तर, यस विषयमा हामी छलफल गर्छौँ ।

महामारीकै बीचमा पनि अधिवेशन आह्वान गर्दा के फरक पर्छ ? संसद् बन्द हुँदा जनताका समस्या उठान गर्ने ठाउँ नभएको गुनासो जनप्रतिनिधिहरूबाटै आइरहेको छ नि ?

यतिवेला संसारभर कोरोनाको महामारी छ । अहिलको अवस्था हेर्दा कोरोनासँगै बाँच्नुपर्ने अवस्था–स्थिति छ । ज्यान जोगाउने र सम्पूर्ण काम गर्ने भन्ने अवस्था आएको छ । यही मौकामा छिमेकी मुलुक भारतमा चुनाव हुँदै छ । संसद्हरू पनि चलेका छन् । त्यसकारण यहाँ मात्र रोकेर हुँदैन । संक्रमण छ, तर संक्रमणसँग कसरी लड्ने भन्ने कुराका लागि पनि संसद् चाहिन्छ । काठमाडौंमा भन्ने हो भने संक्रमणको भयावह स्थिति छ अहिले । यो सम्पूर्ण अवस्थाको निदान कसले गर्ने ? त्यो त सरकारले गर्ने हो । राज्यले गर्ने हो । व्यक्ति–व्यक्तिले गर्न सक्दैन । यो जिम्मेवारी संविधान र कानुनले पनि राज्यलाई दिइराखेको रहेछ । यस्तो अवस्थामा सरकारले जिम्मेवारी पूरा गरेन भने त्यसका बारेमा कहाँ आवाज उठ्छ ? अहिले सडकमा आवाज उठाउने अवस्था राम्रो होइन । हुन त केहीकेही कुरा सडकमा पनि उठ्ने गरेको छ । तर, यसका लागि सबैभन्दा उत्तम ठाउँ अहिले संसद् हो । त्यसकारण सरकारले संसद् आह्वान गर्नुपर्छ ।

सरकारले काम गर्न सकेन भन्ने गुनासो आइरहेको छ । यस्तो वेलामा संसद् चल्दा केही फरक पर्थ्याे ?

सरकार असफल भइरहेकाले डराइरहेको छ । उसको असफलताको सम्पूर्ण कुरा संसद्मा उजागर होला भनेर डराएको हो । संसद्ले सरकारलाई घाटा पु¥याउँदैन । किनकि एकपक्षीय कुरा त हुँदैन नि ! सरकारले के गरिरहेको छ, त्यो कुरा पनि उजागर हुन्छ । सरकारले के–के गर्नुपर्ने हो, त्यो कुरा पनि त्यहीँ आउँछ । त्यसकारण यसले सरकारलाई नोक्सान हुने होइन । संसद् भनेको जनताको आवाज मुखरित हुने ठाउँ हो । प्रत्येक जनता त बोल्दैन, तर जनताको प्रतिनिधिमूलक संस्था संसद् हो र व्यक्तिको आवाज आफ्नो प्रतिनिधिमार्फत त्यहाँ मुखरित हुन्छ । त्यसकारण अहिलेको अवस्थामा तिहारपछि लगत्तै हिउँदे अधिवेशन राज्यले बोलाउनुपर्छ । राज्य र जनताका लागि पनि यो सबैभन्दा राम्रो होला ।

अबको अधिवेशनमा तपाईंहरूको प्राथमिकता के हुन्छ ? समग्र संसद्ले उठाउनुपर्ने मुद्दा के हुनुपर्छ ?

संसद्मा अहिले विभिन्न कानुनहरू ‘पेन्डिङ’मा छ । त्यसबारे पनि बोल्नुपर्ने स्थिति हुन्छ । जस्तो– नागरिकता कानुन भन्नुस् न ! यो कानुन लामो समयदेखि अल्झिराखेको छ । जन्मसिद्ध नागरिकले नागरिकता पाएका छैनन् । त्यसले गर्दा ५–६ लाख मानिस बेरोजगार भइरहेका छन् । यो र यस्ता कानुन पनि पास हुन्छ । अर्काे कुरा के रहेछ भने संसद् नचल्ने हो भने जनताको आवाज पनि सडकमा आउँछ । संसद्मा आएन भने कहाँ आउँछ ? सडकमै त आउँछ । सडकमा आउनु राम्रो होइन । देशको स्वास्थ्यका लागि पनि राम्रो होइन, जनताको स्वास्थ्यका लागि पनि राम्रो होइन । अहिले संक्रमणको समयमा सडक धेरै प्रयोग गर्नु राम्रो होइन । त्यसकारण हामीले विधि, प्रक्रिया र सुरक्षात्मक उपाय अपनाएर संसद् चलाउनुपर्छ । कानुन निर्माण गर्ने त्यहीँबाट हो । सरकारले जनताको कुरा सुन्दिनुपर्ने त्यहीँ हो । सरकारले आफ्नो जवाफ दिनुपर्ने ठाउँ त्यहीँ हो । त्यसकारण त्यो उत्तम ठाउँ हो, सञ्चालन गर्नुपर्छ ।

संसदीय समितिहरूको प्रभावकारितामाथि पनि बारम्बार प्रश्न उठ्ने गर्छ । यस्तो समयमा समितिले कस्तो भूमिका खेल्नुपर्छ ? सदन नहुँदा पनि समितिलाई बुलन्द गर्न सकिन्थ्यो होला, त्यस्तो किन भइरहेको छैन ?

संसद्ले सरकारमाथि निगरानी गर्ने सबैभन्दा उपयुक्त ठाउँ समिति हो । समिति सानो आकारको हुन्छ, त्यसकारण ‘मिनी संसद्’ पनि भनिन्छ । सरकारलाई ओभरलुक गर्ने, सरकारको बेथिति हेर्ने र त्यसलाई सच्याउने, यो काम समितिले गर्छ । अर्काे कुरा, संसद् जस्तो छ त्यसकै ‘रिफ्लेक्सन’ समितिमा पनि हुने रहेछ । सरकारको जस्तो ‘मेजरिटी’ संसद्मा छ, त्यस्तै आकार समितिमा पनि हुन्छ । अब त्यसलाई सरकारी पार्टी नभनीकन संसदीय समितिलाई अझै प्रभावकारी बनाउनुपर्छ । संसदीय व्यवस्थाको ‘ब्याकबोन’ नै संसदीय समिति हो । जस्तो– विधेयकहरू आउँछ, त्यसको गहन र दफाबार छलफल हुने, संशोधन हुने पनि त्यहीँ हो । जनताको विभिन्न आकांक्षा उठाउनुपर्ने ठाउँ त्यहीँ हो । सरकारको कामकारबाहीलाई हेर्नुपर्ने ठाउँ पनि त्यहीँ हो । अर्काे कुरा, संसद् भएन भने सांसदहरू पनि जिल्लातिर लाग्छन् । किनभने हाम्रो सम्बन्ध जनतासँग हो । यहाँ फुर्सद भयो कि जिल्लातिर जान्छन् । त्यसकारण संसद् चल्यो भने सबै एकठाउँमा आउँछन्, समिति पनि राम्रोसँग चल्छ । संसद् नहुँदा समितिमार्फत काम गरौँभन्दा अलिकति अप्ठ्यारो हुने रहेछ ।

दसैँ भत्तालाई लिएर तपाईंहरूको पार्टीको कार्यकारिणी बैठकले पनि विरोध जनायो । भत्ताको विरोधमा पार्टीले अब आगामी दिनमा पनि कुरा उठाउँछ ?

भत्ता दिएको नराम्रै हो म भन्दिनँ । तर, देशका जनता आक्रान्त भएको वेलामा भत्ता दियो । कोभिड-१९ को उपचार गर्न सक्दिनँ भनेर सरकारले हात उठाइरहेका वेलामा सांसदलाई दसैँ खर्च दिइरहनुपर्ने जरुरत थिएन । दिए पनि हामीले कार्यकारिणी बैठकद्वारा अस्वीकार ग¥यौँ । यसलाई कोभिडमा नै सरकारले प्रयोग गरोस् भन्यौँ । करिब–करिब सबै पार्टीले त्यही नै भनेका छन् । यो फिर्ता भएर राम्रो काम भएको छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार