असार २७, २०८२ शुक्रबार July 11, 2025

म प्रधानमन्त्रीबाट कुनै हालतमा राजीनामा दिन्न- प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्माओलीले अहिले आफूले प्रधानमन्त्री पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन् ।

बुधबार काठमाण्डौंस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा राजीनामा दिनपर्यो भनेर हल्ला फैलिएको भन्दै आफू त्यसका लागि तयार नभएको बताएका हुन् ।

अहिले मैले राजीनामा दिन मिल्छ भनेर प्रश्न गर्दै उनले आफुले राजीनामा दिनु भनेको देशलाइ वर्वादितरि लैजानु सरह भएको बताए । प्रधानमन्त्री ओलीले बाहिर आफुविरुद्ध विभिन्न तयारी भइरहेको भन्दै त्यस्ता हल्लाले केही पनि नहुने दावी समेत गरेका छन् ।

आफु करले नभइ जनताको आवश्यकता र समर्थनले आएको बताउँदै उनले धेरैपल्ट भित्रबाहिर प्रयास भएका र धेरैमा अस्थीरताको खेती गर्ने बानी भएकाले त्यसलाइ केहि पनि गर्न नसकिने उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया