असार २७, २०८२ शुक्रबार July 11, 2025

नेपालमा एकैदिन ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि- ३ हजार ८ सय ४४ जना संक्रमित डिस्चार्ज भए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ८२ हजार ९ सय २३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३८ सय ४४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ४४ हजार ९ सय ७८ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १४ लाख ९४ हजार १ सय २२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ । त्यस्तै होम आइसोलेसनमा ३० हजार १ सय ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ जना पुगेका छन् ।

त्यस्तै काठमाण्डौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले काठमाण्डौंमा १५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जना रहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया