असार २७, २०८२ शुक्रबार July 11, 2025

नेपालमा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि- १ हजार ८७ जनाको मृत्यु पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा शनिवार थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिवारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।

योसँगै कोरोना संक्रमणबाट १ हजार ८७ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख २७ हजार ७६६ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार १४४ जना रहेका छन् भने  आईसोलेशनमा ३५ हजार ४३५जना रहेका छन् ।

मन्त्रालयका अनुसार देशभर सक्रिय रहेकामध्ये २८ हजार ९२० होम आईसोलेशनमा छन्  । यसैगरी ३६५ जनाको भेन्लिटेलर र ७६ जनाको आईसीयूमा उपचार भइरहेको छ ।शनिवारमात्रै काठमाडौं उपत्यकामा १ हजार ५१२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार  काठमाडौं जिल्लामा १ हजार २९४ जना, ललितपुर जिल्लामा १४१ जना र भक्तपुर जिल्लामा ७७ जनालाई कोरोना संक्रमण  पुष्टि भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया