असार २७, २०८२ शुक्रबार July 11, 2025

नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ पुग्यो- १ हजार १०८ जनाको मृत्यु पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा आइतवार थप २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।

योसँगै कोरोना संक्रमणबाट १ हजार १०८ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार ८१२ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख ४० हजार ७७ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार १४९ जना रहेका छन् भने  आईसोलेशनमा ३५ हजार ४१९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।  हाल ४८० जना कोरोना संक्रमितको विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लामा १ हजार २९४ जना, भक्तपुर जिल्लामा ७७ जना र ललितपुर जिल्लामा १६२ जना रहेका छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा होम आईसोशनमा रहेका कोरोना संक्रमितको निगरानी गर्न टोली परिचालन गरिने बताए ।

उपत्यकामा  दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै उनले उपत्यकाको वडा स्तरमा क्लष्टर खडा गरी होम क्वारेन्टिन वा आईसोलेशनमा रहेका रहेका संक्रमितको निगरानी गरिने बताएका हुन् । उनका अनुसार उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको कार्यलाई प्रभावकारी बनाउन उक्त तयारी गर्न लागिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया