काठमाण्डौंः प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपालको नाम अगाडि संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ। सोमबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।
असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’बाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएर ‘नेपाल’ मात्र बनाउने निर्णय गरेको थियो। सरकारले मन्त्रिपरिषद्को उक्त निर्णयलाई गोप्य राखेको थियो।
समितिले उक्त निर्णय संविधानको मर्म विपरीत भएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया