काठमाण्डौंः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार सुदूरपश्चिम प्रदेशसभाको अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा उहाँले सुदूरपश्चिम प्रदेशसभाले अहिलेसम्म गरेका कामको उपलब्धीबारे जानकारी लिनुभएको थियो । उहाँलाई प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाका बारेमा जानकारी गराउनुभएको प्रदेसभा सदस्य चुनकुमारी चौधरीले बताउनुभयो ।
उहाँले प्रदेशसभामा स्थापना गरिएको पुस्तकालयको अनुगमन समेत गर्नुभएको जनाइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया