असार २८, २०८२ शनिबार July 12, 2025

पुस्तकमा लाग्दै आएको कर हट्यो, सबै मन्त्रीको आधा तलब कोराेना कोषमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तकमा लाग्दै आएको कर हटाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले पुस्तकमा लाग्दै आएको कर हटाएको हो ।

सरकारले पुस्तकमा भन्सार बढाएको भन्दै गत वर्षको बजेटलगत्तै पुस्तक बिक्रेता दबाबमूलक आन्दोलनका कार्यक्रममा उत्रिएका थिए । नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले सरकारको कदमले पुस्तकप्रेमी तथा व्यवसायी मारमा परेको बताएपछि सामबारकै मन्त्रिपरिषद बैठकले कर हटाएको छ ।

त्यस्तै सरकारका मन्त्रीहरूको आधा तलब आगामी चैतसम्म कोरोना कोषमा जम्मा हुने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै मन्त्रीको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्र्रमणबाट मुलुक मुक्त नहुँदासम्म तलब नलिने घोषणा गर्दै सबै तलब कोरोना कोषमा जम्मा गरेका छन् ।

नयाँ वर्षका अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक ‘कोभिड-१९ प्रधानमन्त्री राहत कोष’मा जम्मा गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकपछि एक मन्त्रीले दिएको जानकारीअनुसार मन्त्रीहरूको आधा तलब चैतसम्म कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया