काठमाण्डौः नेपाली बजारमा सुनको भाउ एकैदिन प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको छ ।
सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ मंगलबार भने ९४ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबारको तुलनामा मंगलबार सुनको भाउ ३ हजार ४ सय रुपैयाँले घटेको छ । त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया