असार २१, २०८२ शनिबार July 5, 2025

कतार रोजगारी सिण्डिकेटबारे छानबिन गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघिय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक कतार रोजगारीमा म्यानपावर कम्पनीहरुको सिण्डिकेटबारे छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बैठकले नेपालबाट कतारमा श्रमिक पठाउनका लागि केही म्यानपावर संस्थाहरु मात्र संगठित भई एकाधिकार कायम गर्न खोजिएको भन्दै उजुरी परेकाले सो विषयमाथि छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

विभिन्न १७ वटा म्यानपावरले एकाधिकार कायम गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै म्यानपावर व्यवसायीहरुले समितिमा निवेदन दिएका थिए । ती म्यानपावर संस्थाहरुलाई स्पष्टीकरण सोधी छानबिन तथा अनुसन्धान गर्न श्रम समितिले श्रम मन्त्रालयलाई निर्देशन दिएको हो ।

केही समय यता कतार रोजगारीमा श्रमिक पठाउन विभिन्न १७ वटा म्यानपावर कम्पनीहरुले एकाधिकार कायम गर्न खोजेको भन्दै म्यानपावर व्यवसायीहरुले आरोप लगाउँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया