काठमाण्डौंः सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले किजा पूजाको अवसरमा विदा दिने निर्णय गरेको गृहमन्त्रालयले आज एक विज्ञप्ती जारी गरी जनाएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको तिहार मंसिर १ गते रहेको छ । पञ्चाङ्ग समितिले कार्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाई पूजा तथा नेवाः समुदायको म्हपूजा रहेको छ। मंसिर १ गते गोवर्द्धन पूजा र भाइटीका तोकिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया