असार २७, २०८२ शुक्रबार July 11, 2025

नेपाल पुनर्बीमा कम्पनी सर्वाधिक रकमको कारोबार गर्ने पहिलो नम्बरमा पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालको शेयरबजारमा उत्साहजनक कारोबार यो साता सर्वाधिक रकमको कारोबार गर्ने नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

यो साता रू. २० अर्ब २४ करोडभन्दा बढी शेयर कारोबार भएको छ । तिहार अघिको साता पाँच कारोबार दिनमा उक्त रकम बराबरको शेयर कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । यो साता उक्त कम्पनीको रू. १ अर्ब ५७ करोड ५० लाख ३९ हजार बराबरको शेयर कारोबार भएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा लाभांश वितरणमा रोक लगाएको उक्त कम्पनीले गत वर्षको मुनाफाबाट आकर्षक लाभांश दिने अपेक्षा लगानीकर्ताहरुको छ । यो साता कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १२५ ले बढेको छ । गत साताको अन्तिम कारोबार दिन रू. ८५८ रहेको कम्पनीको शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन रू. ९८३ कायम भएको हो ।

यो साता सर्वाधिक कारोबार गर्ने १० ओटा कम्पनीमध्ये दोस्रो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी र तेस्रो नम्बरमा हिमालयन डिष्टिलरी रहेको छ । यो साता नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक रकमको कारोबार गर्ने चौथो नम्बरमा रहेको छ ।

वाणिज्य बैंकहरुमध्ये प्रभु बैंक र एनआईसी एशिया बैंकले सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीभित्र परेका छन् । यो साता नागरिक लगानी कोष र शिवम् सिमेण्टको पनि सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीभित्र आफ्नो स्थान बनाएका छन् ।

यो साता जलविद्युत क्षेत्रका दुई ओटा कम्पनी अपि पावर र अरुण काबेली पनि सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीभित्र परेका छन् । हाल ४७ प्रतिशत हकप्रद विक्री गरिरहेको अपि पावरको शेयर कारोबार पछिल्लो समय बढ्दै गएको छ भने अरुण काबेलीको शेयर खरीदमा पनि लगानीकर्ताहरुको आकर्षण बढ्दो छ । अभियान

यो साता सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीहरु :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया